जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कामना सेवा बैंकको ऋणपत्रलाई आईएसआईएन प्रदान

कामना सेवा बैंकको ऋणपत्रलाई आईएसआईएन प्रदान

कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र KSBBL Debenture, 2087 ले अन्तराष्ट्रिय स्तरको परिचय अंक इन्टरनेशनल सेक्युरिटिज आईडेन्टीफीकेशन नम्बर (आईएसआईएन) प्राप्त गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई NPE068A1101 को आईएसआईएन प्रदान गरिएको छ ।

गत फागुन २२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । आईएसआईएन ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।

 

5490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका