जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकको दशैं अफरः डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने

माछापुच्छ्रे बैंकको दशैं अफरः डिजिटल दक्षिणा पठाउँदा क्यासब्याक पाइने

माछापुच्छ्रे बैंकले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकलाई आकर्षक क्यासब्याक प्रदान गर्ने भएको छ ।

कोरोनाको जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।

विजया दशमीको दिनदेखि पूूर्णिमासम्म बैंकको मोबाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोवाइल मनि (एम थ्री) मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्नेछन् । क्यासव्याक प्राप्त गर्न ग्रांहक महानुुभावहरुले पैसा ट्रान्सफर गर्दा प्रोमो कोड मा दक्षिणा लेख्नुुपर्नेछ ।

उक्त क्यासव्याक पूूर्णिमापछि ग्राहकमहको खातामा सिधै जम्मा हुुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २०० वा सो भन्दा बढिको दक्षिणा कारोबार गर्नुुपर्नेछ । बैकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ ।

बैंकले २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०-२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युुआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यासव्याक प्रदान गरिरहेको छ ।

11065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका