जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनमा चमत्कार १ खर्ब २४ अर्ब भन्दा माथीः पहिलो नेपाल लाईफ, दोस्रो एलआईसी नेपाल, तेस्रो नेशनल लाईफ इन्स्योरेन्स !

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनमा चमत्कार १ खर्ब २४ अर्ब भन्दा माथीः पहिलो नेपाल लाईफ, दोस्रो एलआईसी नेपाल, तेस्रो नेशनल लाईफ इन्स्योरेन्स !

नेपालका जीवन बीम कम्पनीहरुले जेष्ठ महिनासम्म आइपुग्दा कुल बीमा शुल्क आर्जनमा चमत्कार नै गरेको भेटिएको छ । जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब रुपैया बीमा शुल्क वापत आर्जन गरेको भेटिएको छ । सबैभन्दा बढि नेपाल लाईफ इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरि पहिलो भएको छ भने दोस्रोमा एलआईसी नेपाल रहेको छ । भने तेस्रोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी रहेको भेटिएको छ भन्दा अब फरक पर्दैन । जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बीमाशुल्क आर्जन १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणद्वारा जारी वित्तीय तथ्यांकअनुसार पठम रकम १५ कम्पनीले संकलन गरेका हुन् । १ करोड ४० लाख ६९ वटा बीमालेखबाट उक्त रकम संकलन गरेका हुन् । जसमा कम्पनीहरुको प्रथम बीमाशुल्क २५ अर्ब ९५ करोड रुपैयाँ छ । नवीकरण शुल्कबाट ९८ अर्ब ५९ करोड रुपैयाँ उठेको छ । पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसाय नवीकरण शुल्कले धानिदै आएको देखिन्छ ।

जेठमा मात्र कम्पनीहरुले ८ लाख ४५ हजार वटा बीमालेखबाट १० अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।प्रथम  बीमा शुल्क २ अर्ब ६२ करोड रुपैयाँ हुदाँ नवीकरण शुल्क ७ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको प्राधिकरणको तथ्यांकमा छ ।

बीमा व्यवसाय घट्दै गएको भए पनि कम्पनीहरुले लामो समयदेखि व्यतीत बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट दिदै आएका छन् । जेठमा मात्र कम्पनीहरुले ८ लाख ४५ हजार वटा बीमालेखबाट १० अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।प्रथम  बीमा शुल्क २ अर्ब ६२ करोड रुपैयाँ हुदाँ नवीकरण शुल्क ७ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको प्राधिकरणको तथ्यांकमा छ । गत वैशाखमा एक खर्ब १४ अर्ब रुपैयाँको बीमा शुल्क संकलन भएको थियो । जेठसम्म सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । उक्त कम्पनीले ३२ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । बीमा शुल्क बढी आर्जन गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा एलआइसी नेपाल छ । कम्पनीले १५ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ । मर्जरमा गएका कम्पनीहरुमध्ये सूर्यज्योति लाइफको बीमाशुल्क धेरै छ । उक्त कम्पनीले ७ अर्ब ४९ करोड बीमाशुल्क संकलन गरेको छ । एसियन लाइफले ६ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ । मर्जरमा गएका कम्पनीहरुमध्ये सूर्यज्योति लाइफको बीमाशुल्क धेरै छ । उक्त कम्पनीले ७ अर्ब ४९ करोड बीमाशुल्क संकलन गरेको छ । एसियन लाइफले ६ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८६ करोड, सिटिजन लाइफले ४ अर्ब ८३ करोड, मेट लाइफले ४ अर्ब ७७ करोड, आईएमई ३ अर्ब ५६ करोड, सन नेपाल लाइफ ३ अर्ब ४२ करोड, रिलायबल नेपाल ३ अर्ब २८ करोड, प्रभु लाइफ एक अर्ब ८४ करोड र महालक्ष्मी लाइफले एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको भेटिएको छ । सचेत भया ।

625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका