जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा १२ करोडले ऋणात्मक

सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा १२ करोडले ऋणात्मक

सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले यो वर्षको नाफाबाट प्रतिफल नपाउने भएका छन् । बैंकले २४ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको भए पनि वितरणयोग्य नाफा १२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेकाले लगानीकर्ताले प्रतिफल नपाउने देखिएको हो । यो तथ्यांक ०७९ चैत मसान्तसम्मको हो ।

कोरोना महामारीपछिको विश्वव्यापी मन्दी, लगानी योग्य पुँजीको अभाव, अर्थतन्त्रमा देखिएको संकुचन, बैंकहरुको बढ्दो लागत र ऋण असूलीमा देखिएको समस्याका कारण बैंकले अपेक्षितरुपमा नाफा कमाउन नसकेको हो । ९ महिनाको अवधिमा बैंकको व्यवसाय विस्तार पनि खासै हुन सकेको छैन । गत असार मसान्तमा ४८ अर्ब ७७ करोड रुपैयाँ रहेको निक्षेप चैत मसान्तमा आइपुग्दा जम्मा ४९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, गत असार मसान्तमा ४० अर्ब ५७ करोड रहेको कर्जा चैत मसान्तमा बढेर ४१ अर्ब २ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख रहेको बैंकको रिजर्भ रिजर्भ १ अर्ब २५ करोड रुपैयाँ छ ।
कर्जा असूलीमा समस्या हुँदा खराब कर्जा ह्वात्तै बढेको छ । गत वर्षको चैत मसान्तमा १.२० प्रतिशत रहेको खराब कर्जा बढेर ३.५५ प्रतिशत पुगेको छ । रिटर्न अन इक्वीटी ७.४७ प्रतिशत रहेको छ ।

1440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?