जोडिनुहोस
आइतवार, फाल्गुन २०, २०८०
आइतवार, फाल्गुन २०, २०८०
  • होमपेज
  • विदेशबाट पठाइएको पैसा अब ग्राहकहरुले सिधै आइएमई पे वालेटमा पाउने

विदेशबाट पठाइएको पैसा अब ग्राहकहरुले सिधै आइएमई पे वालेटमा पाउने

आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।

सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो । यस सुबिधा केही समय पछि लाईभ हुनेछ र लागु गरे पछि ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सकिनेछ ।

आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

1985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?