जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन लाइफको बोनस शेयर वितरण

सिटिजन लाइफको बोनस शेयर वितरण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले यस वर्ष ५ प्रतिशत बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो । फागुन १७ गते कम्पनीले धितोपत्र दोस्रो बजारमा बोनस शेयर वापतको शेयर सूचीकृत गराएको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २९ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २६ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् ।

पुस २८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूले बोनस शेयर समेत कर्जा गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूको नाममानै रोक्का जनाई शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

3065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका