जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकद्वारा एक सय बिरुवा वृक्षारोपण

माछापुच्छ्रे बैंकद्वारा एक सय बिरुवा वृक्षारोपण

माछापुच्छ्रे बैंक लिमिटेडले शुक्रबार बृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ को मुल सडक  महाराजगञ्ज सल्लाघारी देखि न्युरो अस्पताल बासवरी सम्म १०० बिरुवा वृक्षारोपण गरेको हो ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र काठमाडौं महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष दिपक केसीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा  प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२८ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।

4315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका