जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विकास बैंकहरुको ब्याजदर घट्यो

आर्थिक विशेष

विकास बैंकहरुको ब्याजदर घट्यो

विकास बैंकहरुको ब्याजदर घट्यो

विकास बैंकहरुले पनि ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको आज बसेको बैठकले चैत १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो ।

अहिले विकास बैंकहरुले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका थिए भने अब एक वर्षभन्दा माथिको मुद्दती निक्षेपको ब्याज ०.१५ प्रतिशत बिन्दुले घटाएर ११.६० प्रतिशत कायम गर्ने भएका छन् । यस्तै एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याज दर ०.२५ प्रतिशत बिन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने निर्णय गरेका छन् ।

त्यसरी नै बचत खाताको ब्याज ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशतदेखि ८.६ प्रतिशतसम्म कायम गर्ने भएका छन् ।

1160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका