जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • चौधरी फाउण्डेसनले वीर अस्पतालमा बनायो १८ शैय्याको आइसीयू वार्ड

चौधरी फाउण्डेसनले वीर अस्पतालमा बनायो १८ शैय्याको आइसीयू वार्ड

चौधरी फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि विहीबार हस्तान्तरण गरेको छ। कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड निर्माण गरेको हो।

फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक कार्यक्रममा कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुखकार्यकारी प्रमुखप्रा.डा.जागेश्वर गौतमलाई आईसियू वार्ड हस्तान्तरण गरे। वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौं शैय्या र दोस्रो तलामा नौं शैय्या गरि कुल १८ शैय्याको आईसियू वार्ड निर्माण भएको छ।

फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरिएको बताए। ‘कोरोनाबाट संक्रमित नागरिकको जीवन रक्षागर्नु अहिले हाम्रो सबैभन्दा महत्वपुर्ण दायित्व हो। आईसियू वार्ड स्थापनागर्न वीर अस्पताललाई छान्नुको उदेश्य पनि यहि नै हो’, अध्यक्ष चौधरीले भने।

8265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका