जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • थलिएको घरजग्गा बजारमा एनएमबि बैंकको बोल्ड स्किम

थलिएको घरजग्गा बजारमा एनएमबि बैंकको बोल्ड स्किम

वाणिज्य बैंकहरुको ऋणको औसत ब्याजदर १३.०३ प्रतिशत रहेका बेला एनएमबि बैंकले ११.९९ प्रतिशतमै घरकर्जा दिने योजना ल्याएको छ।

प्रतिशतमा घरकर्जा पाउनु सस्तो नै भएको उनी बताउँछन्।

अलिअलि आफूले कमाएको र अलिअलि ऋण लिएर घरजग्गा किन्ने वा घर बनाउने योजनामा हुनुहुन्छ भने पहिले केही कागजपत्र तयार पार्नु आवश्यक छ। त्यसपछि बैंकमा जाँदा सजिलै ऋण पाइन्छ।

तलबी ग्राहकका काम गर्ने संस्थाबाट बैंकले तीन महिनाभन्दा यताको तलब प्रमाणपत्र माग्छ। जसका लागि बैंक स्टेटमेन्ट आवश्यक पर्छ। पछिल्लो दुईवटा तलब स्लिप बैंकलाई बुझाउनुपर्छ।

यस्तै, स्वरोजगारहरुको हकमा व्यवसाय दर्ताको प्रमाणपत्र, आम्दानीको स्रोत, पछिल्लो ३ वर्षदेखि व्यवसाय गरिरहेको प्रमाण र बैंक स्टेटमेन्ट आवश्यक पर्छ।

व्यापार व्यवसाय गर्नेहरुको हकमा घरकर्जा लिन कम्पनीको पछिल्लो अडिट गरिएको वित्तीय विवरण, बैंक स्टेटमेन्ट, व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र आदि आवश्यक पर्ने बैंकले जनाएको छ।

त्यस्तै, घर किन्न वा बनाउन कर्जा लिन चाहिने कागजात भनेको जग्गाको लालपुर्जा हो। जग्गाको लालपुर्जासँगै तिरो तिरेको रसिद, निर्माण इजाजत, घरको नक्शा पास भएको कागजात पनि बैंकले धितो कायम गर्न खोज्छ।

बैंकलाई ब्लु प्रिन्ट र ट्रेस म्याप पनि वुझाउनुपर्छ। तयार भएको घर किन्न लागेको भए निर्माण सम्पन्न प्रमाणपत्र पनि चाहिन्छ। त्यसपछि बैकले खोज्ने भनेको ऋण लिने र ग्यारेन्टी बसिदिने ब्यक्तिको नागरिकताको फोटोकपी हो। पासपोर्ट साइजको केही फोटोहरु त जेमा पनि लाग्छ अचेल, घर बनाउने वा किन्ने कुरामा त खोजिनै हाल्छ।

1380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका