जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

डिशहोमको सेवाहरु अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट प्लस डीटीएच कम्बो अब नेपालमा उपलब्ध अनलाइन सेवामार्फत गर्न सकिन्छ।

अब आइएमई पे, इसेवा, खल्ती र प्रभु पेमार्फत ती सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने डिशहोमले जनाएको छ। रिचार्ज गर्ने क्रममा आफूले लिएको सेवालाई राम्रोसँग बुझेरमात्र रिचार्ज गर्नुपर्ने हुन्छ। जस्तै– डिशहोम डीटीएच सेवामात्र लिइएको छ भने ‘टीभी सेग्मेन्ट’मा गएर ‘डिशहोम’मा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ।

त्यस्तै डिशहोम फाइबरनेट मात्र चलाउने ग्राहकले ‘इन्टरनेट सेगमेन्ट’ मा गएर ‘डिशहोम फाइबरनेट’मा क्लिक गरेर रिचार्ज गर्न सक्नेछन्।

यसैगरी फाइबरनेट प्लस डीटीएच कम्बो प्याकेज लिएका ग्राहकले पनि ‘टीभी सेग्मेन्ट’मा गएर ‘डीटीएच कम्बो प्याकेज’मा क्लिक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सक्नेछन्।

यदि अनलाइन रिचार्जका क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सकिने डिशहोमले जनाएको छ।

5110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका