जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको एजीएमबाट लाभांश अनुमोदन, सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित

सांग्रिला डेभलपमेन्ट बैंकको एजीएमबाट लाभांश अनुमोदन, सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित

सांग्रिला डेभलपमेन्ट बैंकको आज सम्पन्न १८ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन भएको छ।

काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज बिहान १० बजे सम्पन्न सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको ८.५३४ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्तापुँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम १ करोड ३५ लाख २२ हजार २१३.४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ। सभाले आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरण पनि अनुमोदन गरेको छ।

सभाले सञ्चालक समितिमा संस्थापक र सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ। निर्वाचित हुने सञ्चालकहरुमा संस्थापक समूहबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र सुजनसिद्धि बज्राचार्य छन् भने सर्वसाधारण समूहबाट गंगासागर ढकाल, लिसा शेरचन र नरेश ढुंगाना छन्।

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालय र ३० एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ।

9055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका