जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • सिन्धु विकास बैंकद्वारा २०८० सालको भित्ते तथा टेबल पात्रो विमोचन

सिन्धु विकास बैंकद्वारा २०८० सालको भित्ते तथा टेबल पात्रो विमोचन

सिन्धु विकास बैंक लिमिटेडले २०८० सालका लागि भित्ते तथा टेबल पात्रोको विमोचन गरिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले एक कार्यक्रमबीच ती पात्रोको विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिति थियो।

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लासमेत गरी ५ जिल्लामा २५ वटा शाखा कार्यालय र १ वटा सीमित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकको सुविधाका लागि सम्पूर्ण शाखा कार्यालयमार्फत मोबाइल बैंकिङ, एससीटी डेबिट कार्ड, एसएमएस बैंकिङ, क्यूआर कोड, सी–आस्बालगायत सम्पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ।

2965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?