जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • महानगरमा भेटियो कोकाकोलाभित्र ढुसी, बालेनले तिराए जरिवाना, नगरबासी खुसी !

महानगरमा भेटियो कोकाकोलाभित्र ढुसी, बालेनले तिराए जरिवाना, नगरबासी खुसी !

काठमाडौं महानगरपालिकामा कोकाकोलाको बोत्तलभित्र ढुसी भेटिएको छ । भृकृटीमण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी भेटिएको हो ।

कोकाकोलाको बोत्तलमा ढुसी भेटिएपछि महानगरले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा असर पार्नेगरी कोक बेचेको भन्दै महानगरले बिक्रेतालाई कार्वाहीस्वरुप नगद जरिवाना तिराएको हो ।

यद्यपी उत्पादन कम्पनीले भने ढुवानीका क्रममा लिकेज हुँदा ढुसी लागेको हुनसक्ने निष्कर्ष निकालेको छ । सोही ब्याचका अन्य कोकाकोलाको बोत्तलमा समस्या नभएकोले लिकेज भएको कम्पनीको निष्कर्ष छ ।

यता महानगरपालिकाले पनि लिकेजकै कारण ढुसी परेको बताएको छ । कोकाकोलामा चिनी, पानी र कार्बनडाईअक्साइड हुने तर सो बोत्तलमा कार्बनडाइअक्साइड उडिसकेकोले लिकेज भएको महानगरका निरीक्षण अधिकृत डा.अवधेश झाले बताएका छन् । तर, वितरकको लापरवाहीले गर्दा कोक अखाद्य भएकोले जरिवाना गरिएको झाले जानकारी दिएका छन् ।

नागरिकको स्वास्थ्यमा प्रतिकुल असर गर्ने आखाद्य वस्तु बेचेको भन्दै महानगरले जरिवाना तिराएपछि नगरबासीहरुले महानगरलाई धन्यवाद दिएका छन् ।

1700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?