जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालेखाले एफपीओमा कर छलीको खुलासापछि उद्योगी र बैंकर्सले प्रधानमन्त्री गुहारे

महालेखाले एफपीओमा कर छलीको खुलासापछि उद्योगी र बैंकर्सले प्रधानमन्त्री गुहारे

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले साधारण सेयरको थप निश्कासन(एफपीओ)मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालीन समाधान खोज्न निर्देशन दिएका छन् ।

नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले संयुक्त रुपमा एफपिओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरका विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले यो निर्णय स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

नकारात्मक असर पुग्ने बुझाई निजी क्षेत्रको छ ।’-परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय कार्यान्वयनले नेपालमा निजी क्षेत्रद्वारा प्रवद्र्धित उद्योग तथा व्यवसाय लिमिटेड कम्पनीमा रुपान्तरण नहुने तथा हाल सञ्चालनमा रहेका कम्पनीहरुले आफ्नो आकार बढाइ अर्थतन्त्रमा थप योगदान दिन नसक्ने अवस्था सिजर्ना हुन सक्ने तर्फ सचेत हुनुपर्नेमा परिसंघले जोड दिएको छ ।

साथै लगानीकर्ताहरुको मनोबल गिर्ने, पुँजी बजार तथा लगानीकर्तालाई धरासायी बनाउनेप्रति सजग हुनुपर्ने धारणा परिसंघले सार्वजनिक गरेको छ ।

3210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?