जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • महालक्ष्मी बैंकको ऋणपत्र ओभरसब्सक्राइब्ड

महालक्ष्मी बैंकको ऋणपत्र ओभरसब्सक्राइब्ड

बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत हाराहारीमा घटाएकै बेला महालक्ष्मी विकास बैंकले ल्याएको ऋणपत्र करिब १.५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ ।

कतिपय बित्तीय संस्थाहरुको यस्ता लगानी उपकरणहरु बिक्री हुन सकस परिरहेको बेला महालक्ष्मी विकास बैंकको ऋणपत्र भने तोकिएको समयअगावै बिक्री भएको हो ।

यो विकास बैंकले चैत २९ गतेबाट ‘११% महालक्ष्मी डिवेञ्चर २०८९’ का इकाईहरुको बिक्री खुलाएको थियो ।

बैंकले रु. १००० अंकित मूल्य भएका यो ऋणपत्रका ४ लाख कित्ता इकाई सर्वसाधारणका लागि बिक्री खुलाएको थियो । कुल १ अर्बको आकारको यो ऋणपत्रका बाँकी ६ लाख कित्ता चाहिँ व्यक्तिगत तवरबाट बिक्री गरिने योजना थियो ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ताकै लागि पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

ऋणपत्रका इकाईहरु खरीदका लागि छिटोमा बैशाख ४ गते(हिजो) र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने थियो । आवेदन दिनका लागि तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै ऋणपत्र डेढ गुणाले ओभरसब्सक्राइब्ड भएको हो ।

वार्षिक ११ प्रतिशत ब्याज पाइने यो लगानी उपकरणमा लगानीकर्ताको आकर्षण निकै राम्रो देखियो । त्यसको एउटा प्रमुख कारण थियो बैंकहरुले मुद्दति निक्षेपमा घटाएको ब्याजदर । मुद्दतिको ब्याजदर घटाउँदा १० वर्षसम्म ढुक्कले वार्षिक ११ प्रतिशत ब्याज पाइने महालक्ष्मी बैंकको यो ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढ्यो ।

महालक्ष्मी विकास बैंकका डिपोजिट मार्केटिङ तथा कर्पोरेट कम्युनिकेसन प्रमुख बसन्त बक्सीका अनुसार अनि महालक्ष्मी विकास बैंकलाई धेरै ब्याजकै कारणले मात्र ऋणपत्र ओभरसब्सक्राइब्ड भएको होइन । ‘ठूलो साइजमा भन्दा पनि साना साना लगानीकर्ताहरुले ऋणपत्रको इकाईमा देखाएको अभुतपूर्व चासोले समयअगावै बिक्री भएको हो ।’ उनले बिजशालासँग भने-‘बैंक व्यवस्थापनको रणनीतिले काम गरेको त हो नै । यो आम लगानीकर्ताले बैंकप्रति देखाउनुभएको विश्वासको परिणाम पनि हो ।’

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?