नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको चैत्र ३० गते साझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरि ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । यस पूँजीको ८ प्रतिशत अर्थात ३७ करोड रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड नाघ्नेछ। यो सगै कम्पनीले नियामक निकायले भनेको समयमै चुक्ता पूँजी ५ अर्ब पुर्याएको छ।