जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • ब्रोकर लाइसेन्स अनुमतिका लागि ७ वाणिज्य बैंक योग्य, कुनले पाए एलओआई ?

ब्रोकर लाइसेन्स अनुमतिका लागि ७ वाणिज्य बैंक योग्य, कुनले पाए एलओआई ?

नेपाल धितोपत्र बोर्डले विभिन्न ७ वटा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ । बोर्डले सोमबार नबिल बैंक, साविक मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकलाई सहायक कम्पनीका रुपमा धितोपत्र सम्बन्धि कारोबार गर्न आशयपत्र प्रदान गरेको हो ।

धितोपत्र बोर्डका अनुसार नबिल बैंकले धितोपत्र व्यापारीको काम गर्न सहायक कम्पनीका रुपमा नबिल सेक्युरिटिज लिमिटेडको नामबाट एलओआई प्राप्त गरेको छ । यस्तै, साविक मेगा बैंकले धितोपत्र सम्बन्धि पूर्ण कार्य गर्न मेघा स्टक मार्केट लिमिटेडको नामबाट एलओई प्राप्त गरेको हो ।

यस्तै, सिटिजन्स बैंकले सहायक कम्पनीका रुपमा सिविआईएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंक केविएल सेक्युरिटिज लिमिटेड, एनएमबि बैंकले एमएमबि सेक्युरिटिज लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकले आरबिबि सेक्युरिटिज कम्पनी लिमिटेड र सानिमा बैंकले सानिामा सेक्युरिटिज लिमिटेडको नामबाट धितोपत्र सम्बन्धि सीमित कार्य गर्न लागि एलओआई प्राप्त गरेका हुन् ।

हिमालयन ब्रोकेज कम्पनी, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, एलिट स्टक हाउस, एसपीएसएस सेक्युरिटिजलाई सिमित कार्य गर्ने धितोपत्र दलाल सम्बन्धि आशयपत्र प्रदान गरेको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार एलओआई प्राप्त गरेका कम्पनीहरुले ६ महिनाभित्र पुर्वाधार तयार गर्नुपर्नेछ । एलओआई प्राप्त गरेका कम्पनीहरुले कर्मचारीदेखि सबै पुर्वाधार तयार पार्नुपर्ने बताएको छ ।

‘धितोपत्र सम्बन्धि कारोबार गर्न योग्य भएर आशयपत्र प्रदान गरेको हो, आशयपत्र भनेको अनुमति प्राप्त सरह नै हो, अनुमति प्राप्तका लागि योग्य भएका हुन्, अब ६ महिनाभित्र कारोबार गर्नका लागि पुर्वाधारदेखि कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ, सबै मेकानिज्म खडा गरेपछि लाइसेन्स प्राप्त गर्छन्,’ उनले भने ।

यदि ६ महिनासम्म नियमानुसरा पुर्वाधार तयार गर्न सकेन भने अनुमति नदिने धितो बोर्डले जनाएको छ ।

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका