जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भुरुङ तातोपानीमा गरिमा विकास बैंकको एटिएम

भुरुङ तातोपानीमा गरिमा विकास बैंकको एटिएम

गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२, भुरुङ तातोपानीमा एटिएम सेवा सुरु गरेको छ । मुस्ताङ्ग आउने जाने पर्यटकलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको बैंकले जनाएको छ । विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका छन् ।

म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ । बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेबिट-क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

1445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका