जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • सिद्धार्थ बैंकले ल्यायो नौलो बचत योजना ‘सिद्धार्थ पे एण्ड खाता’

सिद्धार्थ बैंकले ल्यायो नौलो बचत योजना ‘सिद्धार्थ पे एण्ड खाता’

सिद्धार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ पे एण्ड खाता’सञ्चालनमा ल्याएको छ ।

शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत रु. १०० भन्दा बढीको विद्युतिय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुने बैंकले जनाएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि स–सानो बचत गर्दै जान अभिपे्ररित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे बैंकले जनाएको छ । उक्त खातामा बैंकले अभिभावक र बालबालिका दुवैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि निस्शुल्क डेबिट कार्ड र बैंकस्र्माट एक्सपी सेवा प्रदान गर्नेछ ।

साथै, ग्राहकहरुलाई उक्त खाता खोली यथासिघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराईएको छ ।

क्यासब्याक योजना अन्तर्गत अभिभावकहरुले डेबिट कार्ड मार्फत पहिलो पटक पिओएस् वा अनलाईनबाट न्युनतम एक हजार रुपैयाँको कारोबार गर्दा कारोबार रकमको ५ प्रतिशत (अधिकतम रु १००) क्यासब्याक पाउन सक्नेछन् । यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरुको खातामा जम्मा हुनेछ ।

यस खाताले अभिभावक वर्गहरुलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै स–सानो बचत गरी आफ्नो बालबालिकाहरुको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

2100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका