जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अख्तियारले कारवाही सिफारिस गरेका चिन्तामणीलाई गर्भनर नेपालको आशिर्वाद

अख्तियारले कारवाही सिफारिस गरेका चिन्तामणीलाई गर्भनर नेपालको आशिर्वाद

लुम्बिनी विकास बैंकसंग मर्जर गरेका लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी भित्र भएका दर्जनौ घोटला काण्डले फेरी लुम्बिनी विकास बैंक थला परेको भेटिएको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षक टोलीले तत्कालीन फाइनान्स एण्ड लिजिङ्ग कम्पनीका सीइओ हालका लुम्बिनी विकास बैंकका सञ्चालक चिन्तामणी भट्टराईलाई रकम असुली गर्न र कारवाही गर्न सिफारिस गरेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा कारवाही गर्न सिफारिस लुम्बिनी बैंकका सञ्चालक भट्टराईलाई किन राष्ट्र बैंकले कारवाही गरेन गजबको कथा फेला परेको छ ।

तत्कालीन लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीका सीइओ चिन्तामणी भट्टराईले सो फाइनान्स कम्पनीमा विभिन्न शिर्षक बनाई गरिएको दर्जनौ काण्ड बिरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले छानबीन गरि कारवाही सिफरिस गरेको थियो ।

यहि विवाद बैंकमा आएपछि तत्कालीन सीइओ झलक प्रसाद खनालले राजिनामा दिएको खुलेको छ । लुम्बिनी विकास बैंकको बोर्डले कारवाहीको साटो राष्ट्र बैंकलाई पत्र लेख्दै पुन विचार गरिदिनु हुन आग्रह गरेको खुलेको छ । सो आग्रह पत्र सहित राष्ट्र बैंक पुगेका सञ्चालक भट्टराईको निवेदन लिदै गर्भनर डा. चिरनजीवी नेपालले तत्काल कारवाही अगाडी नबढाउने तोक लेखिदिएको भेटिएको छ ।

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने यस्तो आदेश पछि लुम्बिनी विकास बैंकका सञ्चालक भट्टराईलाई अहिले सम्म कारवाही भएको देखिदैन कारण थियो गर्भनर डा. नेपाल र सञ्चालक भट्टराईको जिल्ला एउटै पाल्पा हो । उनीहरुसंगै पढेको कारण जनताको पैसामा घोटला हुँदा पनि कारवाही भएन र अर्थमन्त्री डा. युवराज खतिवडा ज्यू, अब तपाईले हेर्ने हो कि ?

उक्त भट्टराईको घोटला काण्डमा राष्ट्र बैंकले कारवाही नगरेपछि तत्कालीन सञ्चालक डा. रुपज्योतिले राजिनामा दिएको खुलेको छ । लुम्बिनी फाइनान्स एण्ड कम्पनीका कारण करोड रकम प्रोभिजन भएको देखिन्छ ।

केके गरे त तत्कालीन लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीका सीइओ हालका लुम्बिनी विकास बैंकका सञ्चालक चिन्तामणी भट्टराईले हेरौं ?

घोटला नम्बर १
जनताको रगत र पसिनाबाट जम्मा भएको ३४ लाख रुपैया लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीबाट १७ वर्ष चलाएको राष्ट्र बैंकको स्थलगत सुपरिवेक्षक प्रतिवेदनमै उल्लेख छ ।

घोटला नम्बर २
भट्टराईको मिलोमोतोमा करोडौं कर्जा अपचलने गरेको फेला परेको छ । १७ वर्ष वर्ष सो फाइनान्स कम्पनीमा राज गरेको उनीले काठमाडौं मल प्रा.लि.का मालिक बीर शम्शेर राणालाई कमसल धितो राखी १ करोड ७२ लाख भन्दा बढि कर्जा प्रवाह गरेको देखिन्छ ।

घोटला नं. ३
तत्कालीन सीइओ भट्टराईले २०७० साल फाल्गुनमा २ करोड ५० लाख लिएको पूर्णहिरा तुलाधरलाई नियम विपरित सीइओ भट्टराईको एकल निर्णयले २२ लाख ३० हजार मिनाह गरिएको भेटिएको राष्ट्र बैंकको पछिल्लो निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

घोटला नम्बर ४
तत्कालीन लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीले गैर बैकिङ रुपमा सरकारको विजुली बजारको घर ३ करोड ९५ लाखमा बिक्री गरी सो रकम सीइओ चिन्तामणी भट्टराईलको श्रीमती मेलिना भट्टराई अध्यक्ष रहेको आमा बचत तथा ऋण सहकारी संस्था लि.को ऋण तिरेको भेटिएको छ । सो सम्पत्ती बिक्री गरी सीइओ भट्टराईले प्रकाश चन्द्र बस्नेत, मिनर्भा मल्ल र रबिन्द्र मल्लको ऋण तिरेको राष्ट्र बैंकको निरक्षण प्रतिवेदनमै उल्लेख गरीएको छ ।

यी र यस्ता दर्जनौ घोटला काण्डका नाइके लुम्बिनी विकास बैंकका सञ्चालक भट्टराईलाई राष्ट्र बैंकका गर्भनर डा. चिरनजीवी नेपालले कारवाही रोकेपछि अहिले उनी लुम्बिनी विकास बैंकमा अध्यक्ष फेर्ने सीइओ डिपुटी सीइओ आफ्नो आफ्नो ल्याउने र फेरी लुम्बिनी विकास बैंक लुम्बिनी फाइनान्स जस्तै गरि लुट्ने तयारीमा रहेको भेटिएको छ ।

हालै उनीको प्रस्तावमा बैंकका अध्यक्ष सुशिल राज पराजुली हटाएर दशरथ रिसाललाई ल्याइएको छ । सीइओको आफ्नो साथी र डिसीइओ ससुराली खलकका नातेदारलाई बैंकमा भित्र्याएको देखिन्छ । तर निकम्बा राष्ट्र बैंकको नेतृत्व किन कारवाही गर्नबाट बचाउदै हिडेको छ । यसको खोजी हामीले सुरु गरेका छौं ।

19485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका