जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • बैंकहरूको घरजग्गामा जाने लगानी दुई महिनामा ५ अर्बले घट्यो

बैंकहरूको घरजग्गामा जाने लगानी दुई महिनामा ५ अर्बले घट्यो

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा घरजग्गामा जाने कर्जा १.९ प्रतिशतले घटेको छ। साउन र भदौ महिनामा यो क्षेत्रमा जाने कर्जा ५ अर्ब १७ करोड १३ लाख रुपैयाँले घटेको हो। असार मसान्तसम्म २ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ कर्जा गएको यो क्षेत्रमा भदौ मसान्तमा आइपुग्दा घटेर २ खर्ब ६२ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको हो।

घरजग्गा कर्जातर्फ यो अवधिमा २ करोडसम्मको आवासीय घर कर्जाको शीर्षकमा २ करोड ११ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्दा व्यापारिक कम्प्लेक्स तथा आवासीय अपार्टमेन्ट निर्माण शीर्षकमा ३४ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्।

यो अवधिमा बनिसकेको व्यापारिक कम्प्लेक्स तथा आवासीय अपार्टमेन्ट शीर्षकमा ६५ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। असार मसान्तको तुलनामा यो शीषर्कमा जाने कर्जा ६.९ प्रतिशतले बढ्दा यस्तै जग्गा खरिद तथा प्लटिङ शीर्षकमा जाने कर्जा भने ४.२ प्रतिशतले कमी आएको छ।

गत असार मसान्तसम्म यो शीर्षकमा १ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौ मसान्तमा आइपुग्दा ६ अर्ब ३७ करोड रुपैयाँले कमी आई १ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको हो।

समग्रमा चालू आर्थिक वर्षको दुई महिनामा ठूला प्रकृतिका घरकर्जामा जाने कर्जा घटेको देखिन्छ। जसमा जग्गा कारोबारीहरुले लिने कर्जा ४.२ प्रतिशतले घट्दा व्यक्तिगत घरकर्जा तथा सञ्चालनमा रहेका कम्पलेक्स तथा अपार्टमेन्टहरु धितो राखेर लिने कर्जा बढ्न पुगेका हुन्।

2035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?