जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकको पर्सामा शाखा सञ्चालन

प्रभु बैंकको पर्सामा शाखा सञ्चालन

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ८ स्थित पर्सा बजारमा आप्mनो १८९औं शाखा कार्यालयको रुपमा पर्सा शाखा कार्यालय खोली आजैदेखि सञ्चालनमा ल्याएको छ । बैंकको पर्सा शाखा कार्यालयको खैरहनी नगरपालिकाका नगरप्रमुखलालमणी चौधरीले उद्घाटन गर्नु भएको हो ।

बैंकको पर्सा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी तथा खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणी चौधरीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा गुणस्तरीय अत्याधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको, प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचको दायरा फराकिलो बनाउँदै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउनुभयो ।

बैंकको पर्सा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको पर्सा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने रस्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा पर्सा शाखा कार्यालयको महत्वपूर्ण भुमिका रहने बैंकले विश्वास लिएको छ ।

9785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका