जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपालको वित्तीय प्रणाली निकै सुरक्षित छः गभर्नर अधिकारी

नेपालको वित्तीय प्रणाली निकै सुरक्षित छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड महामारीको असरले नेपाली अर्थतन्त्र डिजिटाइज हुँदै गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोभिडले नेपालको अर्थतन्त्रमा निकै परिवर्तन गरेको बताए । हाल रिटेलमा डिजिटाइजेसन बढ्दै गएको उनले बताए ।

’नेपालको वित्तीय प्रणाली निकै सुरक्षित छ । दक्षिण एसियाको अन्य देशहरूसँगको तुलना गर्दा पनि हाम्रो अवस्था सुरक्षित छ,’ उनले भने, ’जसरी अमेरिकाका बैंकहरूले एक खालका उत्पादनहरूमा ह्वात्त लगानी गर्ने गर्छन् । त्यहाँ हप्ता हप्तामा बैंकहरूको अवस्था बिग्रिरहेको हुन्छ । त्यहाँका बैंकहरूलाई छुट्टै अनुगमन गरिन्छ तर नेपालमा त्यो व्यवस्था छैन । हाम्रोमा परम्परागत रुपमा अनुगमन भइरहेको छ ।’
अर्थतन्त्रमा उतारचढाव आए एनपीए बढ्ने बताउँदै उनले भने, ’एनपीएलाई कभर गर्नका लागि बैंकहरूले आफ्नो नाफाबाट रकम छुट्याएका छन् कि छैनन् त ? यो निकै महत्त्वपूर्ण कुरा हो । नेपालका बैंकहरूले त्यो रकम छुट्याएका छन् । यसकारण पनि डिपोजिटरको पाइपाइ सुरक्षित रहेको छ ।’

कोभिड महामारीकालअघि फिजिकल क्यासको अर्थतन्त्र निकै भएको तर कोभिडपछि यसमा निकै परिवर्तन भएको उनले बताए । ’अहिले हाम्रो अर्थतन्त्र डिजिटाइजेसनमा गएको छ । हाल आरटीजीएसबाट महिनामा ४२ खर्ब रुपैयाँसम्म कारोबार भइरहेको छ,’ उनले भने ।
डिजिटल प्ल्याटफर्म कनेक्ट आईपीएसबाट १ महिनामा पचासौं अर्ब रुपैयाँ कारोबार भइरहेको उनले बताए । यस्तै क्यूआरबाटै २२ अर्ब रुपैयाँ कारोबार भएको उनको भनाइ छ ।

अनौपचारिकबाट औपचारिक माध्यममा आएको भन्दै उनले यसला डिजिटाइजेसन बढ्दै गएको भनेर बुझ्नुपर्ने बताए । ’यसकारण श्रीलंकाभन्दा हाम्रो अवस्था निकै राम्रो छ । हामीले त्यो स्वतन्त्र अध्ययनलाई मान्नुपर्छ । यो क्रमशः सुधार पनि भइरहेको छ । अब समग्र तरलताको कुरा गर्दा बजारमा कसरी पैसा गइरहेको छ भन्ने कुरा गर्दा, कि त आन्तरिक ऋणको माध्यमबाट जाने, कि त सरकारको खर्चबाट वा विदेशी सामग्रीमा जाने हो,’ गभर्नर अधिकारीले भने, ’यसमा गत वर्षको तथ्यांक हेर्ने हो भने रिजर्भ मनी १२ प्रतिशतले घटेको थियो । यसमा हालको ८ महिनाको तथ्यांकमा साढे ४ प्रतिशतले बढेको छ । यसले गर्दा हाम्रो समग्र तरलताको अवस्थामा प्रगति भएको छ । हाम्रोमा तरलता बढेको छ तर ऋण माग भएको छैन ।’

1425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका