जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ३५ दिनभित्र ऋण नतिरे १४ जनाको घरजग्गा लिलाम गर्दै नेपाल बैंक

३५ दिनभित्र ऋण नतिरे १४ जनाको घरजग्गा लिलाम गर्दै नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कर्जा नतिर्ने १४ जनाले आगामी ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा जग्गा लिलाम गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्जा असुलीका लागि पटक पटक ताकेता गर्दा समेत चुक्ता नगरेकाले ३५ दिन भित्रमा कर्जा चुक्ता नगरेमा कर्जा लिने र जमानी दिनेलाई कालोसूचीमा राख्दै कर्जा सुरक्षणमा रहेका घरजग्गा लिलाम गरिने जनाएको हो ।

सूचनाकाअनुसार बैंकले विभिन्न शाखाबाट कर्जा लिएकाहरुको जग्गा लिलाम गर्न लागेको हो । चक्रघट्टी शाखाबाट व्यक्तिगत अधिविकार्ष कर्जा लिने उमेश ठाकुर, कृषि चालु पुँजी कर्जा लिने गंगा बहादुर बुढाथोकी प्रोपाइटर रहेका सफल पोल्ट्री फार्म, कृष्णनगर शाखाबाट सजिलो व्यवसाय र रिफाइनान्स कर्जा लिने राम बुझारत यादव प्रोपाइटर रहेको गिता देवी हार्डवेयर, चरिकोट शाखाबाट सुलभ आवास कर्जा लिने बद्री बहादुर तामाङको नाममा बैंकले ३५ दिने सूचना निकालेको छ । त्यस्तै, टीकापुर शाखाबाट कृषि चालू पुँजी र आवधिक कर्जा लिने भानुदेव जैसी, विरेन्द्र ढुंगाना, शिलाकान्त झा सञ्चालन रहेको कर्णाली कृषि सेवा प्रा.लि, हाइपोथिकेसन कर्जा र महिला उद्यमशिल आवधिक कर्जा लिने निमेश सिंह ठकुरी प्रोप्राइटर रहेको कस्तुरी ब्लक उद्योग, पाल्पा शाखाबाट सजिलो व्यवसाय र व्यक्तिगत आवधिक कर्जा लिने थिरा देवी न्यौपाने प्रोप्राइटर रहेको स्याङ्जा गल्याङ्ग श्रीराम होटल, एनिभर्सरी, महिला उद्यमशिल, पेमेन्ट ग्यारेन्टी व्यक्तिगत आवधिक कर्जा लिने बसत खाम्चा मगर प्रोपाइटर रहेको पल्पा भिन्तुना इलेक्ट्रोनिक्स सेन्टर र डोल कुमारी सिंजाली प्रोप्राइटर रहेको पल्पा भितुना गिफ्ट हाउसलाई बैंकले ३५ दिनभित्रमा कर्जा चुक्ता गर्न भनेको छ ।

पाल्पा शाखाबाटै महिला उद्यमशिल र व्यक्तिगत आधिविकार्ष र घरकर्जा लिनने सत्य जोशी प्रोप्राइटर रहेको रोशिका फेन्सी स्टोर्स र चालु पुँजी कर्जा लिने मनोज श्रेष्ठ प्रोप्राइटर रहेको मुर्चुङ्गा रेस्टुरेन्टलाई बैंकले कर्जा तिर्न भनेको छ ।

त्यस्तै, सि.अ. हेटौंडा शाखाबाट व्यक्तिगत आवधिक कर्जा लिने अनिता नेपाली र श्रीपुर शाखाबाट चालु पुँजी कर्जा लिने सचितानन्द प्रसाद प्रोप्राइटर रहेको सनी प्लाष्टिक उद्योग, हाइपोथिकेसन कर्जा लिने नन्द किशोर प्रसाद यादव प्रोप्राइटर रहेको मुकेश ब्याग उद्योग र कृषि चालू पुँजी र आवधिक कर्जा लिने विनोद प्रसाद यादव प्रोप्राइटर रहेको सञ्जय पशुपालन फर्मको नाममा बैंकले सूचना निकाल्दै ३५ दिनभित्र कर्जा चुक्ता गर्न ताकेता गरेको छ ।

सूचनाकाअनुसार आगामी ३५ दिनभित्रमा कर्जा चुक्ता नगरेमा ३६ औं दिनबाट लिलाम सुरु हुने बैंकले जनाएको छ । लिलाम हुने घरजग्गा लिन इच्छुकले असार १३ गते कार्यालय खुलेको दिनको बिहान ११ बजे उपस्थित भएर आफूले सकार गर्न चाहेको मूल्यमा बोलकबोल गर्न सक्ने पनि बैंकले सूचनामा उल्लेख गरेको छ ।

1145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका