जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेतमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य गरी २५ उजुरी परेका छन् ।

यसैगरी आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४, हेटौडामा ८५, इटहरीमा ९४ र आयोगको मुख्य कार्यालय टङ्गालमा ७९४ उजुरी परेको थियो ।

आयोगले चालु आर्थिक वर्षको २० दिनमा घुस मागेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक उप–सचिव र दुई अधिकृत छन् ।

यही साउन १ देखि साउन २० गतेसम्ममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय, टङ्गाल तथा त्यस मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साउन १८ गते आन्तरिक राजस्व कार्यालय, महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई आयोगको टोलीले घुससिहत पक्राउ गरेको हो । प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिका लागि सेवाग्राहीसँग रु तीस हजार घुस मागेको उजुरी परेपछि आयोग टोलीले रकमसहित उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै साउन १८ गते सेवाग्राहीबाट घुसबापत लिएको रु ६ लाखसहित र स्रोत नखुलेको रु १६ लाख ५० हजारसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पक्राउ परे । आयोगको टोलीले नेपाललाई नागपोखरीस्थित एक होटेलबाट घुसबापतको रकमसहित नियन्त्रणमा लिएको थियो । त्यससम्बन्धी अनुसन्धान अघि बढेको प्रवक्ता भण्डारीले बताए ।

त्यस्तै चालु आवकै पहिलो दिन साउन १ गते कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीलाई कञ्चनपुरस्थित आयोगको टोलीले रु ३० हजार घुससहित पक्राउ गर्यो । घोडाघोडी नगरपालिका–१ स्थित नवरत्न होटेलबाट सेवाग्राहीको ३० हजार घुसबापतको रकमसहित उनी पक्राउ परेका थिए ।

सेवाग्राहीको रकम भुक्तानी दिने क्रममा रु ३० हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । आयोगले आव २०७८÷७९ मा भ्रष्टाचार भएको भन्दै १३१ अरोपपत्र विषेश अदालतमा दायर गरेको थियो । सार्वजनिक निकायमा हुने भ्रष्टाचारको उजुरीको आधारमा आयोगले अनुसन्धानपछि आरोपपत्र दायर गरेको हो । चालु आर्थिक वर्षको साउन २० गते भित्रमा आयोगले छ आरोपपत्र दायर गरेको छ ।

आइतबार भ्रष्टाचार गरेको आरोपमा १० जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा १० जना विरुद्ध मुद्दा दायर गरिएको छ । आयोगले आइतबार एक गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत सहित १० जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टक दत्त प्याकुरेल, इन्जिनियर र सव–इन्जिनियरसमेत ४ जना र डिभिजन वन कार्यालय मुगुका तत्कालीन डिभिजनल वन अधिकृत भरत बहादुर बुढथापा, सव–इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

हुम्लाको अदानचुली गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का विभिन्न योजनाहरु आफू अनुकूलका व्यक्तिहरुलाई पारी आर्थिक अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सो उजुरीबारे अनुसन्धान हुँदा अदानचुली वडा नं. १ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा सरकारलाई हानिनोक्सानी पु¥याई गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले कार्य गरेको पुष्टि भएको आयोगको भनाई छ । उनीहरुबारे आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

त्यस्तै, जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं.–७ टोप्ला गाउँमा आर्थिक वर्ष २०७६/०७७ मा टुजेमीदेखि बाबुकाँधसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेतले सम्झौता अनुसार काम नगरी मिलेमतोमा रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । उक्त सडक निर्माणमा सरकारलाई हानिनोक्सानी पुर्याई गैरकानूनी लाभ वा हानी पु¥याउने बदनियतले काम गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ । सो कार्यमा संलग्न कर्मचारी एवं व्यक्तिहरुलाई देहाय बमोजिमको कसुरमा देहाय अनुसारको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ ।

1340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका