जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • लक्ष्मी बैंकले सनराइज गाभ्न डाक्यो विशेष साधारणसभा

लक्ष्मी बैंकले सनराइज गाभ्न डाक्यो विशेष साधारणसभा

सनराइज बैंकलाई गाभ्ने प्रयोजनका लागि लक्ष्मी बैंकले विशेष साधारणसभा डाकेको छ। बैंकले असार ३ गतेका लागि साधारसभा डाकेको हो

सनराइज बैंकले भने यसअघि नै सभा डाकिसकेको छ। उसले भने नियमित साधारणसभामार्फत लक्ष्मीसँग गाभिने एजेण्डासहित साधारणसभा डाकेको थियो।

नियमित साधारणसभा डाक्न २१ दिनको समय राख्‍नु पर्छ भने विशेष साधारणसभा १४ दिनको राखे पुग्छ। एक साताअघि नै असार ३ गते साधारणसभा गर्ने गरी सनराइजले सूचना जारी गरेको थियो।

लक्ष्मी र सनराइज बैंक बराबरी हैसियतमा गाभिने छन्। दुवै बैंकको सभाले मर्जरलाई स्वीकृति दिएपछि उनीहरु राष्ट्र बैंक जाने छन्। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि असार मसान्तअघि नै गाभिने दुवैको योजना छ।

2985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?