जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु बैंकको चार अर्बको ऋणपत्रको बिक्री खुल्यो, ३/३ महिनामा ब्याज पाइने

प्रभु बैंकको चार अर्बको ऋणपत्रको बिक्री खुल्यो, ३/३ महिनामा ब्याज पाइने
प्रभु बैंकले चार अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधिको डिबेन्चर जेठ ११ गतेदेखि बिक्री खुला गरेको छ ।
बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब रुपैयाँ बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर-२०८७’ नामक ऋणपत्र निष्काशन गरेको हो
कुल ४० लाख कित्ता ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।
चार अर्ब रुपैयाँको ऋणपत्रमध्ये दुई अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने लागेको हो । यस्तै बैंकले एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई छुट्याएकोमा २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानीकोषलाई बिक्री गर्नेछ। बाँकी रहेको एक अर्ब ६७ करोड ७५ लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।
सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्णआवेदन नपरेमा निष्काशन अवधि जेष्ठ २६ गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । प्रभु बैंकले वैशाख ६ गते ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

4690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका