जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई क्यापिटलले बीओके क्यापिटललाई ५३.१७ रुपैयाँका दरमा गाभ्ने

ग्लोबल आइएमई क्यापिटलले बीओके क्यापिटललाई ५३.१७ रुपैयाँका दरमा गाभ्ने

ग्लोबल आईएमइ क्यापिटलले साबिक बैंक अफ काठमाडौंको सहायक कम्पनी बीओके क्यापिटल मार्केट्सलाई गाभ्ने भएको छ। माउ कम्पनीहरु मर्जमा गइसकेकोले अब सहायक कम्पनी पनि गाभिने भएको हो।

ग्लोबल आईएमइ क्यापिटलले बीओके क्यापिटललाई ५३.१७ रुपैयाँका दरमा गाभ्दैछ। बैंकहरु भने बराबरी हैसियत मै एकआपसमा गाभिएका थिए।

गाभ्ने गाभिने एजेण्डा पारित गर्न दुवै क्यापिटलले विशेष साधारण सभा डाकेका छन्। असार ३ गते दुवै कम्पनीको सभा बस्दैछ।

सभाले डीडीए प्रतिवेदन, सेयर स्वाप रेसियो लगायत अनुमोदन गर्नेछ। मर्जर प्राप्तिको कार्य सम्पन्न गर्न संचालकहरुलाई अख्तियारी पनि दिँदैछ।

3600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?