जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अनधिकृत रुपमा हक कायम गर्ने प्रयास भयोः हिमालयन इन्टरप्राइजेज

अनधिकृत रुपमा हक कायम गर्ने प्रयास भयोः हिमालयन इन्टरप्राइजेज

हिमालयन इन्टरप्राइजेजले २०३८ सालदेखि विभिन्न तहगत न्यायिक निकायबाट कानुनी उपचारको माध्यमबाट जग्गाको हक कायम भएको जनाएको छ ।

पछिल्लो समय जग्गालाई विना आधार प्रमाण अनर्गल भ्रम फैलाई सामूहिक रुपमा जग्गा माथि अनधिकृत रुपमा हक कायम गर्ने प्रयास भइरहेको भन्दै इन्टरप्राइजेजले त्यस्तो नगर्न आग्रह गरेको छ ।

२०३८ सालदेखि विभिन्न तहगत न्यायिक निकायवाट कानुनी उपचारको माध्यमवाट हिमालयन इन्टरप्राइजेज प्रालिका नाममा हक कायम भएको पुलचोक ललितपुरस्थित कित्ता नं. ४३ को ४–४–१–० रोपनी जग्गा बारे केही दिन देखि केही समूहले उक्त जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरि प्रालिले जनाएको छ ।

कम्पनीका सञ्चालकहरुको व्यक्तिगत मान, प्रतिष्ठामा आँच आउने गरि विभिन्न सञ्चारमाध्यम, सामाजिक मिडियाहरुमा भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरिएको भन्दै कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०५१ साल जेठ १० गते कम्पनी खरिदसँग कम्पनीको सम्पत्तिको रुपमा आएको उक्त कित्ता नम्बर ४३ को जग्गा छुट दर्ता सम्वन्धमा सर्वोच्च अदालतवाट २०५७ जेठ ३२ मा भएको फैसला एवं (सम्वत् २०५९ को रिट नं. २७९९) २०६२ कात्तिक ०१ मा भएको परमादेशमा मालपोत कार्यालयवाट कानुन वमोजिम गर्नुभनि फैसला भएको इन्टरप्राइजेजले स्मरण गराएको छ ।

अदालतको फैसलापछि २०६६ साउन १२ गते वडा नं. ३ को कार्यालयवाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल ञवा खल लगायतका सम्पूर्ण गुठी तथा सम्बन्धित पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरे पश्चात उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भए अनुरुप २०६७ पुस २९ मा हिमालयन इन्टरप्राइजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जा समेत जारी भएको प्रालिले जनाएको छ ।

सो जग्गा सम्बन्धमा विभिन्न व्यक्तिहरुले हकदाबी गरि मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरे पनि उक्त जग्गा कम्पनीको कायम हुने भनी सर्वोच्च अदालतबाट २०७९ फागुन २३ अन्तिम फैसला भइसकेको छ ।

‘यस कम्पनीले कानुन वमोजिम प्राप्त गरेको जग्गालाई विना आधार प्रमाण अनर्गल भ्रम फैलाई सामूहिक रुपमा जग्गा माथि अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन हुन सम्बन्धित पक्षहरुलाई अनुरोध गर्नुका साथै सम्पूर्ण संचार मध्यमहरुले समेत सत्य तथ्य बुझी समाचार सम्प्रेषण गरिदिनु हुन समेत अनुरोध गर्दछौं’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका