जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • फोन-पेले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर, रिफर गर्नेमध्ये ३ जनालाई १ लाख नगद उपहार

फोन-पेले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर, रिफर गर्नेमध्ये ३ जनालाई १ लाख नगद उपहार

फोन-पेले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ। अफरअन्तर्गत ‘फोन-पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सयसम्मको रिवार्ड पोइन्ट जित्न सकिने कम्पनीले जनाएको छ।

दैनिक सबैभन्दा बढी रिफर गर्नेले एक हजार रूपैयाँ प्राप्त गर्न सक्ने बताइएको छ।  यस्तै, योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्ने प्रयोगकर्ताले १० हजार रुपैयाँ पाउने फोन-पेले जनाएको छ।

यो योजनाको बम्पर उपहारमा तीन जनाभन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत एक लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ।
अफर एपबाट रिफर गर्नका लागि ‘फोन-पे अफर एप’ डाउनलोड गर्नुपर्नेछ। एप डाउनलोड गरी लगइन गर्नेमध्येबाट एक जनाले आइफोन १२ जित्न सक्ने फोन-पेले जनाएको छ।

फोन-पे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न प्रकारका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ।

फोन-पे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन्। ३ लाख ५० हजारभन्दा बढी मर्चेन्ट फोन-पेसँग छ। फोन-पेसँग एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाखभन्दा बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत सेवा दिँदै आएको छ।

फोन-पे प्रतिष्ठित डेटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डेटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भी ३.२.१ बाट प्रमाणीकरण प्राप्त संस्था हो।

 

7040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका