जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकिङ कम्युनिटीबाट कर्जा असुलीमा ऋणीलाई सहजीकरण गर्न आवश्यक छः गभर्नर

बैंकिङ कम्युनिटीबाट कर्जा असुलीमा ऋणीलाई सहजीकरण गर्न आवश्यक छः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समस्यामा परेका ऋणीहरुलाई बैंकिङ कम्युनिटीहरुबाट सहजीकरण गरिनुपर्ने बताएका छन् ।

मंगलबार काठमाण्डौंमा आयोजना गरिएको बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श–२०२३’ मा उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले सम्बोधनको प्रयास गरेकाे भन्दै अबको प्रयास बैंकिङ्ग क्षेत्रबाट हुन जरुरी रहेको बताएका हुन् ।

कोभिड महामारीको असर स्वरुप पछिल्ला दिनहरुमा बैंकको रिपेमन्टमा एक खालको समस्या आएको बताउँदै उनले ती समस्याहरुलाई बैंकिङ्ग क्षेत्रबाट कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले कोभिडको असरका कारण हिजो भएको समस्याले आजको बिजनेसमा असर परिरहेको हुँदा बैंकहरुको रिकभरीहरुमा समेत समस्या सिर्जना भएको बताए । समग्र बजारमा माग घट्दा बैंकको रिपेमेन्टमा एक खालको समस्या आएको उनको बुझाई छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कतिपय ठाउँमा हठात रुपमा ‘एग्रेशिभ रिकभरी’ खोज्दा समस्या भएको भन्दै बैंकिङ्ग कम्युनिटीहरुबाट सहजीकरणको अपेक्षा गरिएको उनले बताए । उनले भने, “एग्रेशिभ रिकभरी गर्न खोज्दा त्यसले के आउटकम दिन्छ त, न यहाँहरुले रिकभर गर्न सक्नुहुन्छ, न त्यो प्रपर्टी कब्जामा आउँछ ।”

पछिल्ला दिनमा डिष्टिब्यूटरको कन्फिडेक्स डिलरप्रति तथा डिलरको कन्फिडेक्स एसएमइज् अर्थात रिटेलरप्रति नहुँदा एक खालको समस्या देखिरहेका भन्दै कुनै न कुनै रुपमा समस्याको सम्बोधन गर्नु आवश्यक रहेको उनले बताए ।

जसका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत साना तथा मझौला उद्योग-व्यवसायसञ्चालनका लागि सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई गत पुस मसान्तसम्ममा सक्रिय वर्गमा रहेको दुई करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आगामी असार मसान्तभित्र पुनःसंरचना तथा पुनः तालिकीकरण गर्न पाउने व्यवस्था मिलाउने प्रबन्ध गरिएको उनको भनाई छ । यसपछिको प्रयास बैंकिङ्ग कम्युनिटीहरुबाट जरुरी रहेको उनले बताए । तेस्रो त्रैमासिक समीक्षाा मार्फत नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नीति नियम, र निर्देशनको परिधिभित्र रहेर बैंकहरुले ग्राहकहरुलाई दिनुपर्ने सुविधा र सहजीकरणले ठूलो प्रभाव राख्छ नै छ। “कयौं कुरा सहजीकरणले पनि प्रभाव पार्दछ, यहाँहरुको एप्रोचले पनि धेरै फरक पार्छ, उहाँहरुको मनोबल गिर्न नदिनका लागि । यो कुरा सबै बैंक तथा वित्तीय संस्थाहरुले गर्नुपर्ने हुन्छ ।”

1200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका