जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गेउरियामामा कामना सेवा विकास बैंकले संचालनमा ल्यायो शाखा रहित बैंकिङ्ग सेवा

गेउरियामामा कामना सेवा विकास बैंकले संचालनमा ल्यायो शाखा रहित बैंकिङ्ग सेवा

कामना सेवा विकास बैंकले झापा जिल्लाको कमल गा.पा. वडा नं ०७ गेउरियामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कमल गा. पा वडा नं ०७ गेउरियाका सन्तोष राईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

वडा नं. ०७ का वडा अध्यक्ष पृथ्विपती राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेका हुन् । शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

1980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?