जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • रु. ५ अर्बको ऋणपत्र ल्याउन कुमारी बैंकले सेबोनसँग माग्यो अनुमति

रु. ५ अर्बको ऋणपत्र ल्याउन कुमारी बैंकले सेबोनसँग माग्यो अनुमति

कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।  बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै ऋणपत्र निष्कासनको अनुमति मागेको हो। बैंकले ‘१०% केबीएलएम डिबेन्चर–२०९०’ जारी गर्न अनुमति मागेको छ।

सेबोनले अनुमति दिएमा कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

कुमारी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

कुमारी बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

3665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका