जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल एयलाइन्सका सबै आन्तरिक उडान ठप्प

नेपाल एयलाइन्सका सबै आन्तरिक उडान ठप्प

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको एउटा ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएसँगै सो कम्पनीका सबै आन्तरिक उडान अब ठप्प भएका छन् ।

काठमाडौँबाट शुक्रबार भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ ।

गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानमा तीन थान ट्वीनअटर जहाज रहेकामा एउटा जहाज मर्मत नै गर्न नसकिने अवस्थामा छ र अर्को जहाज लामो समयदेखि प्राविधिक मर्मतमा रहेको निगमले जनाएको छ

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

छुटाउनु भयो कि?