जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रवि लामिछानेकी श्रीमती निकिता उपाध्यक्ष रहेको सहकारीले ५ करोड ठगेको भन्दै महानगरमा उजुरी

रवि लामिछानेकी श्रीमती निकिता उपाध्यक्ष रहेको सहकारीले ५ करोड ठगेको भन्दै महानगरमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछाने उपाध्यक्ष रहेको सहकारीले ५ करोड रूपैयाँ ठगी गरेको भन्दै उजुरी परेको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पौडेल उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ५ करोड ठगेको भन्दै उजुरी परेको हो ।

महानगरका अनुसार बचतकर्ताहरूले सामूहिक रूपमा उजुरी दिएका छन् । सहकारी संस्थाको उपाध्यक्ष पदबाट उनले राजीनामा दिएको भनिए पनि राजीनामा स्वीकृत नभएको र सहकारी विभागमा उपाध्यक्ष पदमा उनी नै रहेको महानगरले जनाएको छ । बचतकर्ताले दिएको उजुरीमा भने उपाध्यक्षको पदमा नाम राखिएको छैन ।

‘उजुरी परेको छ,’ महानगरको सहकारी विभागका निर्देशक बलराम त्रिपाठीले क्लिकमान्डुसँग भने, ‘सहकारीको अवस्था हेर्दा अरूको जस्तो छैन । ठूला मान्छे सञ्चालकमा छन् । पैसा फिर्ता हुने अवस्था छ । सञ्चालक समितिको विवादका कारण लगानीको विषयलाई लिएर उजुरी परेको देखिन्छ ।’

महानगर स्रोतकाअनुसार बचतकर्ताले दिएको उजुरीमा उक्त सहकारी संस्थाले ५ करोड रूपैयाँ बचत फिर्ता नगरेको उल्लेख छ । सहकारीको अध्यक्ष भरत जंगम हुन्। जंगम भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा सक्रिय रहेका व्यक्ति हुन् ।

उक्त सहकारी संस्था काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा कार्यालय रहने गरी दर्ता भएको छ । २४६४ दर्ता नम्बर रहेको संस्थाको नियामक निकाय काठमाडौं महानगरपालिका हो ।

745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका