जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • फाइनान्स कम्पनीहरुको नाफामा चमत्कार पहिलो मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स, दोस्रोमा मञ्जुश्री फाइनान्स, तेस्रो गोर्खाज फाइनान्स चोथोमा आईसीएफसी फाइनान्स

फाइनान्स कम्पनीहरुको नाफामा चमत्कार पहिलो मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स, दोस्रोमा मञ्जुश्री फाइनान्स, तेस्रो गोर्खाज फाइनान्स चोथोमा आईसीएफसी फाइनान्स

नेपालमा सञ्चालित फाइनान्स कम्पनीहरुले पनि १० महिनामा नाफामा चमत्कार नै गरेका छन् भन्दा अब फरक पर्दैन । यो अवधिमा सबैभन्दा बढि नाफा कमाउनेमा पहिलो क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स कम्पनी दोस्रोमा मञ्जुश्री फाइनान्स कम्पनी, तेस्रोमा गोर्खाज फाइनान्स कम्पनी र चौथोमा आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् । चालु आर्थिक वर्ष २०७९÷८० को १० महिनाको अवधिमा १७ वटा फाइनान्स कम्पनी मध्ये १४ वटा खुद नाफामा रहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउनदेखि २०८० वैशाखसम्मको अवधिमा १७ विकास बैंकहरु मध्ये ३ वटा खुद नोक्सानीमा रहेको देखिन्छ ।

यस अवधिमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा सबैभन्दा धेरै ४७ करोड ५२ लाख रहेको छ । त्यस्तै मन्जुश्री फाइनान्सको खुद नाफा १२ करोड ४१ लाख रहेको छ । त्यस्तै गोर्खाज फाइनान्सको खुद नाफा १० करोड ५३ लाख, तथा आईसीएफसी फाइनान्सको खुद नाफा ९ करोड ७५ लाख रहेको देखिन्छ । यस अवधिमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, र समृद्धि फाइनान्स खुद नोक्सानीमा छन् । जस मध्ये समृद्धि फाइनान्सको खुद नोक्सानी १९ करोड ८१ लाख रहेको छ। यो अपरिस्कृत विवरण भएकोले कम्पनीहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने देखिन्छ ।
कुनको खुद नाफा÷नोक्सानी कति ?

 

785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका