Sticky Breaking News
४ विकास बैंक र ५ फाइनान्स कम्पनीहरुको खराब कर्जा ४४ प्रतिशत माथी, कारवाहीको तयारीमा राष्ट्र बैंकः दर्जनौ सिइओको महंगो जागिर संकटमा !


नेपालका ४ विकास बैंक र ५ फाइनान्स कम्पनीहरुको वित्तिय अवस्था अत्यन्तै नाजूक बन्दै गएको छ भन्दा फरक पर्दैन । एकपछि अर्को वित्तीय सूचक बिग्रिंदा केही विकास बैंक र फाइनान्स कम्पनी नाजुक अवस्थामा पुगेका छन् । खराब कर्जा अस्वाभाविक बढ्दा कम्पनीहरु नोक्सानीमा गएका छन् । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा केही विकास बैंंकको खराब कर्जा ४३.६९ प्रतिशतसम्म पुगेको छ । पुँजीकोष ऋणात्मक छ। प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थ लगायतका सूचकहरु कमजोर बनेको भेटिएको छ भन्दा फरक पर्दैन ।
लामो समय अर्थतन्त्रमा कायम शिथिलताले बैंक तथा वित्तीय संस्थाहरुको व्यापार खुम्चिएको छ । ऋण लगानी गरेको रकम असुली नहुँदा निष्कृय कर्जा अस्वाभाविक वृद्धि भएको छ । जसका कारण प्रोभिजनिङ बढेको छ । फाइनान्सको खराब कर्जा ४१ प्रतिशतसम्म पुगेको छ । चालु आर्थिक वर्ष पुससम्मको विवरण अनुसार नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ४३.६९ प्रतिशत पुगेको छ । खराब कर्जा जानकी फाइनान्सको ४१ र पोखरा फाइनान्सको ३३.३४ प्रतिशत पुगेको छ । गभर्नर साब हेक्का होस् ।
खराब कर्जा ४० प्रतिशत पुगेको कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले गत महिना समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएको थियो । वित्तीय अवस्था खराब भएपछि केही विकास बैंक र फाइनान्समाथि पनि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ । अब यी संस्थाहरुलाई राष्ट्र बैंकले हस्तक्षेप गरे दर्जनौ सिइओ साबहरुको महंगो जागिर चट् हुने प्रायः निश्चित देखिन्छ । हेक्का होस् ।