जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • निरन्तर घट्दै अल्पकालीन ब्याजदर

निरन्तर घट्दै अल्पकालीन ब्याजदर

तरलता सहज हुँदै जाँदा अल्पकालीन ब्याजदर पनि निरन्तर घट्न थालेको छ । २८ दिन अवधिको ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट ४.७३८८ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार नेपाल राष्ट्र बैंकले ५ अर्बको नयाँ र करिब २४ अर्ब ६७ करोड बजारको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको छ ।
जसमध्ये २८ दिन अवधिको ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट ब्याजदर करिडोरको तल्लो सीमाबाट तल झरेको हो । मौद्रिक नीतिले ब्याजदर करिडोरको तल्लो सीमा अन्तरगतको निक्षेप संकलन दर ५ प्रतिशत कायम गरेको छ ।

अन्तरबैंक ब्याजदर ५ प्रतिशत भन्दा तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता खिच्ने गर्छ । तर, अहिले तरलता नखिचि ट्रेजरी बिलको बोलकबोल गर्दा त्यसले पनि ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट घटाएको हो ।

गत ७ असार र १० असारमा गरेर राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बैंकिङ रिभर्स रिपो मार्फत प्रणालीबाट खिचेको थियो । १७ असारमा १० अर्बको रिपोको म्याद सकियो भने १७ असारमा २० अर्बको रिभर्स रिपोको पनि अवधि पूरा भएको छ । जसले गर्दा बैंकिङ प्रणालीमा अधिक तरलता भएको बेलामा बोलकबोल भएको ट्रेजरी बिलको डिस्काउन्ट रेट पनि घटेको हो ।

नेपाल सरकारले १ वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरण ट्रेजरी बिल हो । सोमबार २८ दिन अवधिको ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएको छ । जसको भारित औसत डिस्काउन्ट रेट ४.७३८८ प्रतिशत काय भएको राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिलमा बैंकहरुले न्यूनतम ३.९८७६ प्रतिशत र अधिकतम ४.९९९५ प्रतिशतसम्म बोलकबोल गरेका हुन् ।

सोमबार नै ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएको छ । जसको भारित औसत डिस्काउन्ट रेट ६.०५६७ प्रतिशत कायभ भएको छ । नेपाल सरकारले सोमबार नै १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ । जसको भारित औसत डिस्काउन्ट रेट ६.७१३० प्रतिशत कायम भएको छ ।

यस्तै सोमबार ३६४ दिन अवधिको करिब ८ अर्ब ९२ करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएको छ । जसको भारित औसत डिस्काउन्ट रेट ७.०४५४ प्रतिशत कायम भएको छ ।

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका