जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • शेयर धितोकर्जामा जोखिम भार कति ? राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

शेयर धितोकर्जामा जोखिम भार कति ? राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०८०/८१ मा गरिएका व्यवस्था कार्यान्वयनको लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले आज शुक्रबार सर्कुलर जारी गरेको हो ।

जसमा राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिमभार बारे प्रष्ट पारेको छ । जस अनुसार अब ५० लाख भन्दा माथिको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार लागु हुने छ । यस अघि २५ लाखभन्दा बढीको शेयर धितोकर्जामा १५० प्रतिशत जोखिम भार रहेकोमा अब ५० लाख भन्दा बढीको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार कायम गरिएको हो ।

त्यस्तै ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरिएको छ । यस अघि २५ लाख सम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरिएकोमा त्यसलाई बढाएर ५० लाख पुर्याईएको हो ।

मौद्रिक नीतिमा शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने उल्लेख थियो ।

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका