जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकको कारबाहीमा मितेरी डेभलपमेन्ट बैंक

राष्ट्र बैंकको कारबाहीमा मितेरी डेभलपमेन्ट बैंक

नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा मितेरीलाई कारबाही गरेको हो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षणका अनुसार मासिक व्याजदर अन्तर तोकिएको सिमाभित्र कायम नगरेकोले बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले यस्तो कार्य फेरि नगर्न सचेत गराएको छ ।

संस्थाले २०८१ असार महिनामा यस बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इजाजत प्राप्त निर्देशन नम्बर १५ को बुँदा नम्बर (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम व्याजदर अन्तर भन्दा बढी व्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था व्यवस्था पालन नगरेको बताइएको छ ।

राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८० को इजाजत प्राप्त निर्देशन नं १५ को बुँदा नम्बर ४ को उप बँदुा नम्बर (३) मा भएको व्यवस्था बमोजिम उक्त संस्थाको शाखा विस्तारमा रोक लगाउने तथा भूकम्प पिडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनरकर्जा सुविधा प्रदान नगर्ने कारबाही गरेको हो

2140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका