जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कस्तो छ नेपालकै जेठो बैंकको अनवरत ८७ वर्षे यात्रा ?

कस्तो छ नेपालकै जेठो बैंकको अनवरत ८७ वर्षे यात्रा ?

नेपालकै सबैभन्दा जेठो बैंकको इतिहास बनाएको नेपाल बैंक लिमिटेड ८७औं वर्षमा प्रवेश गरेको छ । यो अवस्थासम्म ल्याइपुर्‍याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्ण महानुभावहरूलाई बैंकले एक विज्ञप्तिमार्फत हार्दिक कृतज्ञता ज्ञापन गरेको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले परोपकारी कार्यलाई प्राथमिकता दिंदै रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । सो रक्तदानमा १ सय ५० जनाले भाग लिएका थिए ।

वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन वीर विक्रम शाहले गरेका थिए । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरुले शुरु गरेको यस बैंकको चुक्ता पूँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । नेपालमा भारतीय मुद्राको दबदबा रहेको समयमा नेपाली मुद्रा र नेपाली नोट प्रचलनमा सहयोग पुर्‍याई राष्ट्रिय पहिचान र राष्ट्रिय एकताको प्रवर्धन गरेको दर्बिलो इतिहास छ । नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व वि.सं २०१२ सम्म देशको केन्द्रीय बैंकको रूपमा समेत कार्य गरी नेपालको बैंकिङ क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गरिसकेको छ ।

कुनै समय जटिल परिस्थितिमा पुगेर पनि आफूलाई पुनः सम्हाल्दै अन्य प्रतिस्पर्धी बैंकहरुसँग टक्कर गर्दै अहिले अगाडि बढिरहेको छ । बैंकले प्रविधिले ठूलो फड्को मारेको छ । बैंक अहिले प्रविधिमैत्री छ । द्रूत गतिमा जनतालाई सरल तथा सहज वित्तीय सेवा प्रदान गर्दै व्यापार, उद्योग व्यवसायको प्रवर्धन मार्फत समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा अझ शसक्त भूमिका खेलेको छ ।

हाल ७१ जिल्लामा शाखा सन्जाल विस्तार गरी बाह्य श्रोत समेत करीव ३६०० कर्मचारी मार्फत आधुनिक बैकिङ सेवा विस्तारमा आक्रामकढंगले प्रस्तुत भएको बैंकले २२८ शाखामार्फत कारोबार, २०४ वटा एटीएम तथा ५८ वटा एक्सटेन्सन काउण्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् । हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ । ८७ बर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड छ । वि.सं. २०८० आषाढ मसान्तसम्म २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ ।

प्रत्येक बर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने पूँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र ३६ अर्ब ५८ करोड भन्दा बढी नेटवर्थ रहेको छ । प्रशस्त अचल सम्पत्ति, निक्षेप, आधारदरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, व्याजदरको कम उतारचढाव, खराब कर्जा व्यवस्थापन लगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ । बैंकले विगत आ.व. २०७६/७७ देखि आफ्ना शेयरधनीहरूलाई नियमितरूपमा वोनस शेयर तथा नगद लाभांश प्रदान गर्दै आइरहेको छ ।

950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?