शेयर बजार
हिमालयन लाइफ इन्स्योरेन्सको ४९ हजार कित्ता बढी सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

धितोपत्र दोस्रो बजारमा पछिल्ला केही दिनयता लगानीकर्ताको रोजाइमा पर्न थालेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’को ४९ हजार बढी कित्ता सेयर बिक्री राखिएको छ।
कम्पनीले संस्थापक सेयरधनी विनोदकुमार गोयलको नाममा रहेको साविक गुराँस लाइफ इन्स्योरेन्सको कुल ४९ हजार २२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयर खरिदका लागि कम्पनीले ३५ दिने अवधि दिएको छ। विद्यमान संस्थापक सेयरधनीहरुले यो अवधिभित्र सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
दोस्रो बजारमा समेत हिमालयन लाइफको सेयर अत्यधिक खरिदबिक्री हुँदै आएको छ। साविक गुँरास, युनियन र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी आपसमा १ः१ः१ अनुपातमा मर्ज भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार भइसकेको छ।
मर्जपछि नेप्सेमा हिमालयन लाइफको कुल ८ करोड २ लाख ३हजार ८३६ कित्ता सेयर सूचीकृत भएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































