नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाउन लागेको बताए छन् । आइतबार मौद्रिक नीति सार्वजनिक पछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाउन लागेको जानकारी दिए ।
५० लाख सम्मको थ्रेसहोल्ड १५० बाट १०० कायम हुने उनले बताए । हाल यो व्यवस्था २५ लाखसम्म लागू हुने गरेको छ । यस्तै आवासीय घर कर्जामा पनि यो व्यवस्था लागु हुने उनले बताए ।