जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सुनको मूल्य एक हजारले घट्यो

सुनको मूल्य एक हजारले घट्यो

शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ ।

बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतातोला १० रुपैयाँले घटेर मूल्य ८ सय ८५ कायम भएको छ । हरितालिका तीज पर्व नजिकिए पनि सुनको बढ्दो मूल्यका कारण व्यापार ठप्प भएको व्यवसायीहरुले बताएका छन् ।

5475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका