जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सानिमा बैंक र स्विसकन्ट्याक्टबीच सम्झौता, कोशी प्रदेशमा वित्तीय पहुँच पुर्‍याउने

सानिमा बैंक र स्विसकन्ट्याक्टबीच सम्झौता, कोशी प्रदेशमा वित्तीय पहुँच पुर्‍याउने

सानिमा बैंक लिमिटेड र स्वीसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेलभपमेन्ट प्रोगाम फेज–२ बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले सहकार्य पत्रमा हस्ताक्षर भएको छ।

कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुने बैंकले जनाएको छ। यस सहकार्य अनुसार कृषि कर्जाको प्रक्रियालाई प्रविधिकरण गर्ने, कृषि कर्जा सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यवसायिक साक्षरता कार्यक्रमहरूको आयोजना गर्ने तथा कृषि उद्यमीहरूको आवश्यकतालाई प्रभावकारी रूपमा पूरा गर्न बैंकका कर्मचारीहरूलाई प्रशिक्षण दिने जस्ता कार्यहरु गरिनेछ।

उक्त अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिए। सानिमा बैंकको सातै प्रदेशमा गरी १३२ कार्यालयहरु र १२२ एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन्।

3125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका