जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्सद्वारा बोनसदर घोषणा, बीमितले कति पाउँछन् ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बोनसदर घोषणा, बीमितले कति पाउँछन् ?

आइएमई लाइफ इन्स्योरेन्सले बीमितलाई दिने लाभांशदर सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार प्रतिहजार बीमालेख बराबर अधिकतम ८० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको हो ।

कम्पनीले सावधिक,बाल सावधिक तथा सामूहिक सावधिक बीमामा न्यूनतम ३२ रुपैयाँ देखि ७० रुपैयाँ बोनस तोकेको छ भने सावधिक तथा आजीवन बीमालेखमा ३२ रुपैयाँ देखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

यस्तै कम्पनीले अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा ३२ रुपैयाँ देखि ६३ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ३० रुपैयाँ देखि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको हो ।

कम्पनीले बाल वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख र वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा भने ३० रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले दिने यस्तो बोनस बीमितको बीमालेख र त्यसको अवधिअनुसार फरक फरक रहने गर्छ । बोनस बापतको रकम कम्पनीले प्रतिहजार बीमालेखमा गणना गरेर बीमितलाई भुक्तान गर्ने गर्दछ ।

720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका