जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • तीन महिनामा राष्ट्रिय स्तरका विकास बैंकले कमाए १ अर्बभन्दा बढी नाफा

तीन महिनामा राष्ट्रिय स्तरका विकास बैंकले कमाए १ अर्बभन्दा बढी नाफा

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म राष्ट्रियस्तरका आठ विकास बैंकहरूले कुल रू. १ अर्ब ९ करोड ७२ लाख नाफा कमाएका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशत कम हो । गत आवमा आठ कम्पनीहरूले रू. १ अर्ब ५६ करोडभन्दा बढी नाफा कमाएका थिए ।

चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । कम्पनीले रू. ३० करोड ७४ लाखभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ११ दशमलव शून्य ५ प्रतिशतले कम हो । सो अवधिमा कम्पनीले रू. ३४ करोड ५५ लाख नाफा कमाएको थियो । चालू आवमा यस कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेकाले सञ्चालन नाफा घटेको हो ।

त्यसैगरी दोस्रोमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रू. २० करोड ९१ लाख नाफा कमाएको छ । यस कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ४१ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. १४ करोड ७३ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा आठ कम्पनीमध्ये तीन कम्पनीको नाफा बढेको छ भने बाँकी सबै कम्पनीको नाफा घटेको छ ।

नाफा घट्नेमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको ७६ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. १७ करोड ५४ लाख नाफा कमाएकोमा चालू आवमा रू. ४ करोड १५ लाखमा सीमित भएको छ । यस कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेसँगै सञ्चालन नाफा घटेको हो । नाफा घट्नुमा अधिकांश कम्पनीहरूको इम्पेरिमेन्ट चार्ज बढेको छ भने सञ्चालन नाफा घटेको छ ।

2530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?