जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक ‘युरोमनी अवार्ड फर एकसिलेन्स’ बाट सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक ‘युरोमनी अवार्ड फर एकसिलेन्स’ बाट सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ‘युरोमनी अवार्ड फर एकसिलेन्स-२०२३’ बाट सम्मानित भएको छ । युरोमनी बेलायतको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उक्त अवार्ड प्राप्त गरेको यो समेत तेस्रो पटक भएको बैंकले जनाएको छ ।

यसअघि सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो । वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएको कारण नेपाल इन्भेष्टमेट मेगा बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकको दाबी छ ।

भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराएकै कारण युरोमनीबाट सम्मानित भएको बैंकले जनाएको छ ।

2845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका