जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सनराइज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्यापिटलले कार्तिक १८ गते शुक्रबार साधारणसभा सम्पन्न गरेको हो ।

सभाले वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८÷०७९  वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको  बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९÷०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको क्यापिटलले जनाएको छ।

साथै, आ.व. २०७८÷०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

4960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्